फेरी मनिषालाई देख्न पाइने

July 24, 2009 @ 1:45 PM

Manisha Koiralaलामो समयको विश्रामपछि मनीषा कोइराला यो वर्ष नयाँ गेटअपका साथ बलिउडमा पुनरागमन गर्दैछिन्। उनी यसपटक एकसाथ तीनवटा फिल्ममा आउँदैछिन्। सबैमा उनी पहिलेभन्दा दुब्ली देखिनेछिन्।मनीषाको पुनरागमन हुने पहिलो फिल्म ‘चेहेरे’ हो।

Read the rest of this entry »


हसन पुत्रिको प्रगती

July 24, 2009 @ 1:01 PM

Shruti Hasanकेही समयअघि सम्म यिनको परिचय गायिकाको थियो। आजभोलि टिभी च्यानलमा सबैभन्दा धेरै विज्ञापन देखिने श्रुति हसनलाई फिल्म ‘लक’ले यिनलाई हिरोइन बनाउँदैछ। एक्सनप्याक यो फिल्ममा उनी इमरान खानको जोडीका रुपमा देखिँदैछिन्। Read the rest of this entry »


संयोग कि राक्षसी गुरु

July 24, 2009 @ 9:36 AM

तनहुँको सदरमुकाम दमौलीस्थित बाराही आवासीय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अमित नेपालीको शिक्षकको पिटाइबाट देब्रे हात भाँचिएको हो।

सो विद्यालयका शिक्षक जीवन शाहीले गृहकार्य नगरेको भन्दै गत मङ्गलबार पाइपले हिर्काउँदा छात्र नेपालीको हात भाँचिएको हो। Read the rest of this entry »


रामदेव असली योग गुरु होइनन्

July 21, 2009 @ 12:49 PM

Celina Jaitleyबलिउड ब्युटी सेलिना जेट्लीले योगगुरु बाबा रामदेवलाई मानहानीको मुद्दा हाल्ने धम्की दिएकी छिन्। फिल्ममा अभिनयका साथै समलिङ्गी अधिकारकर्मीका रुपमा पनि चिनिने सेलिनाले रामदेवले आफूमाथि गरेको टिप्पणीलाई लिएर यस्तो धम्की दिएकी हुन्। Read the rest of this entry »


स्कुल बस दुर्घटना

July 21, 2009 @ 12:16 PM

भक्तपुर सुडाल गाविस वडा नं १ बाट कमलविनायकस्थित एक विद्यालयको विद्यार्थी बोकेर आउँदै गरेको बा १ ख ९६९८ नम्बरको बस म‌गलबार दुर्घटनाग्रस्त हुँदा २४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये विद्यार्थीहरु मिलन साख, निलम तिमिल्सिना र विवेक दहालको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बी एन्ड बी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। Read the rest of this entry »


भाग्यमानी कैदीलाई प्रहरीको नमस्कार

July 21, 2009 @ 12:05 PM

एक अभियुक्तलाई देख्नासाथ चारखाल कारागारका प्रहरी निरीक्षक गोविन्द थपलियाले दाइ नमस्कार भन्दै हात मिलाए। प्रहरी निरीक्षकले उनलाई आदर सत्कार गरेको देख्दा अदालतका कर्मचारी छक्क परे।

विदेशी विनिमय अपचलन गरेको आरोपमा अदालतले जरिवाना गरेका अभियुक्त जाङ्बु शेर्पालाई जरिवाना नतिरेका कारण पक्राउ गरिएको हो।

शेर्पाले कारागारभित्र दीपक मनाङेलाई देखेपछि उनीसँगै बस्ने इच्छा व्यक्त गरेका थिए। ‘थपलियाले तुरून्तै त्यस्तो व्यवस्था गरिदिने आश्वासन दिएको देख्दा अभियुक्त हो कि राजनीतिक बन्दी जस्तो लाग्यो,’ एक कर्मचारीले भने। Read the rest of this entry »


टेलीकमको अज्ञात रोग

July 21, 2009 @ 11:57 AM

मोबाइल टेलिफोनको व्यालेन्स ट्रान्सफर गर्दा आएको समस्या टेलिकम र चिनियाँ कम्पनी जेडटीइ दुवैले पत्ता लगाउन सकेका छैनन्। टेलिकमको समस्या आउनुको दोष उपकरण निर्माता जेडटीइलाई दिएको छ। उपकरणकै खराबीले सेवा रोक्नुपरेको भन्दै टेलिकमले स्पष्टीकरण पत्र पठाएको छ।

‘हामीले स्पष्टीकरण पठाए पनि उनीहरुले आफ्नो तर्फबाट समस्या नभएको दाबी गरेका छन्’- टेलिकमका उच्च अधिकारीले भने। गत असार २३ गतेदेखि टेलिकमले नमस्ते मोबाइलमा व्यालेन्स ट्रान्सफर सेवा रोकेको थियो। Read the rest of this entry »


फेरी दु:खद खबर आयो परदेशबाट

July 20, 2009 @ 12:35 PM

– काठमाडौँ

अफगानिस्तानको कान्दाहार सहरमा आइतबार भएको हेलिकोप्टर दुर्घटनामा परी चार नेपालीसहित १६ जनाको निधन भएको छ।

कान्दाहार एयरफिल्डमा कार्यरत साधुराम थापाले दिएको जानकारीअनुसार सुप्रिम फ्युल नामक कम्पनीमा कार्यरत रहेका र एक ठाँउबाट अर्को ठाँउमा जाने क्रममा उक्त दुर्घटना भएको हो। Read the rest of this entry »


अबकासपछी पनि नहराउने सेनापतिको जुक्ती

July 20, 2009 @ 12:19 PM

– काठमाडौं

नेपाली सेनाले आफ्ना सबै कार्यालयमा प्रधानसेनापति रुक्माङ्द कटवालको भनाई लेखी टाँस्न परिपत्र जाहेर गरेको छ। सेनाको केन्द्रीय कार्यालयका तर्फबाट दिइएको निर्देशनमा प्रधानसेनापति कटवालको “नेपाली सेना सम्पूर्ण नेपाली जनताको साझा शक्ति र सम्पत्ति हो” भन्ने वाक्य सबै सैनिक कार्यालयमा राख्नु पर्ने उल्लेख छ।

ज‌ंगी अड्डाबाट असार ३० गते जारी गरिएको पत्रमा “ब्यारेक हाता भित्र साइन बोर्ड वा भित्ते लेखन गरी ‘नेपाली सेना सम्पूर्ण नेपाली जनताको साझा शक्ति र सम्पत्ति हो’ भन्ने वाक्य तल दायाँ कुनामा ‘प्रधान सेनापति महारथी श्री रुक्माङ्द कटवाल’ भनी लेख्न र लेख्न लगाउन हुन निर्दर्शन अनुसार अनुरोध” भनिएको छ। Read the rest of this entry »


अली बढी नै भए जस्तो छ

July 20, 2009 @ 12:05 PM

Kareena Kapoor & Saif Ali Khanबलिउडको पछिल्लो ‘हट जोडी’ सैफ-करिनाले ‘हटसिन’मा पनि अरुलाई पछि पार्ने भएको छ। यो जोडीले करण जौहरको नयाँ फिल्म ‘कुर्बान’मा दिएको ‘बेड सिन’ अहिलेसम्मको हिन्दी फिल्मको सबभन्दा ‘हट’ हुने बताइएको छ। Read the rest of this entry »


Follow

Get every new post delivered to your Inbox.